देश

हिंसाको कारक मदिरा

काठमाडौं, मंसिर २१–महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा अधिकांश हिंसा मदिरा सेवनका कारण हुने गरेको तथ्य पत्ता लागेको छ । पाँचवटा प्रदेशमा सम्पन्न अभियानका क्रममा यस्तो निष्कर्ष निकालिएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अनुसार प्रदेश ३ र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशमा हिंसा न्यूनिकरणसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएका छन् । दुईवटा प्रदेशमा भने उपनिर्वाचनका कारण अभियानको काममा हुन सकेन ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ज्ञानेन्द्र पौडेले भने, ‘प्रदेश २ बाहेक अन्य प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको उपस्थितिमा हिंसा न्यूनिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।’ मन्त्रालयले गरेको अध्ययन अनुसार घरेलु हिंसाको प्रमुख कारण नै मदिरा रहेको निष्कर्ष निकालको छ । तर केही अधिकारवादी तथा गैरसरकारी संस्थाले भने मदिरा मात्रै हिंसाको प्रमुख कारक नभएको बताए । उनीहरूले पुरुषवादी सोँच र सामाजिक संरचना नै प्रमुख कारक रहेको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured