खेलकुद देश

किरणसिंहले म्याराथनमा दिलाए स्वर्ण

काठमाडौं, मंसिर २१–जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धा्रित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

Featured