देश

रसियाको भ्रमणले महत्वपूर्ण अनुभव लिन सहयोग पुगेको छ : युवा नेता आचार्य

काठमाडौं, मंसिर २०–रुस भ्रमणमा पुगेका राष्ट्रिय युवा संघका नेता रमेश आचार्यले रुसको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । रुसको राजधानी मस्को स्थित ‘द रसियन कमिटी अफ सोलिडारिटी एण्ड को अपरेसन विथ द पिपुल्स अफ एसिया एण्ड अफ्रिका’ द्वारा आयोजित बैठकमा सहभागी हुन मस्को पुगेका नेपाल अफ्रो–एसियाली जनएकता संगठनका कार्यकारी सदस्य समेत रहेका आचार्यले रुसको चौतर्फी विकासले आफु धेरै प्रभावित भएको बताउँदै रुसको विकासे मोडल अनुसार नेपाल सरकारले नेपाली मौलिकतामै विकास अघि बढाउनुपर्ने बताए ।

उनले भ्रमणका क्रममा मस्कोमा रहेर अल रसियन एक्जीवुसन सेन्टरमा सन १९६१ मा अन्तरिक्षमा पुर्याइएको यान, ओलम्पीक मैदान, तत्काल सोभियतसंघमै कायम भएको ३ हजार बेडको कसमस होटल, मस्को युनिभर्सिटी, मस्को सिटी, सन् २०१८ को विश्वकप फाइलन म्याच भएको स्टेडियम, मस्कोको पुरानो चकलेट फ्याक्ट्री, मस्कोको पर्यटकीय स्थलमा रहेको ह्वाइट चर्च, सेन्ट पिटर्सबर्ग लगायतका धेरै ऐतिहासिक महत्वपूर्ण र शुन्दर ठाउँहरुको अवलोकन गर्दा नेपालमा पनि सोही मोडल अनुसार नेपाली मौलिकतामै विकासको काम अघि बढाउनुपर्ने बताए ।

आचार्यले नेपालमा पनि आँट, साहस मेहनत र अनुशासन कायम गरेर सरकारदेखी जनतासम्म सवैले काम गरे नेपालले विकासमा चाँडै फड्को मार्ने दावी गरे । उनले नोभेम्बर २८ देखी डिसेम्बर ६ सम्म रसियाको ८ दिने भ्रमणमा आफुले सिकेकाकुरा लागु गर्न सम्बन्धीत निकायसम्म पुर्याउने र स्वयं पनि लागु गरेर समृद्धिको बाटमो अघि बढ्ने बताए ।

आचार्य अफ्रो–एसियाली जन एकता संगठन अन्तराष्ट्रिय कमिटीको निमन्त्रणामा गत नोभेम्बर २८ मा रुसको राजधानी मस्को पुगेका थिए । गत नोभेम्बर २८ देखी ३० तारिख सम्म ‘द रसियन कमिटी अफ सोलिडारिटी एण्ड को अपरेसन विथ द पिपुल्स अफ एसिया एण्ड अफ्रिका’ द्वारा आयोजित ‘प्रोग्राम अफ दि मिटिङ अफ इन्टरनेशनल कमिटी फर सपोर्टीङ प्यालेस्टाइन पिपुल’ कार्यक्रममा नेपाल अफ्रो–एसियन जन एकता संगठनको कार्यकारी सदस्यका रुपमा नेपालको तर्फबाट आचार्यले सहभागिता जनाए ।

सो बैठकमा उनले नेपालका तर्फबाट धारणाहरु राखेका थिए । बैठकमा उनले इजरायल र प्यालेस्टाइनबीचको समस्या चाँडै समाधान हुनुपर्ने बताए । उनले प्लोस्टाइनका जनताका मानवअधिकार रक्षाको पक्षमा विश्व जनमत हुनुपर्ने बताए । प्यालेस्टाइन जनता आफ्नो भुभागमा आफै शरणर्थी जिवन विताउन बाध्य भएकाले उनीहरुको मानवधिकार रक्षाका निम्ती विश्वका नागरिक समाज एकमत हुनुपर्ने धारण राखे । सो बैठकमा कार्यक्रममा सहभागी भएका मुलुकहरुका नागरिकहरुलाई आचार्यले नेपाल सरकारद्धारा घोषणा गरिएको नेपाल भ्रमण वर्षमा धेरै भन्दा धेरै आफ्ना नागरिकलाई भ्रमण गर्न लगाई सहयोग पुर्याउन निमन्त्रण समेत गरेका छन् ।

रुस भ्रमणका क्रममा आचार्यले रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिेरे, गैर आवासीय नेपाली संघ(एनआरएनए) रुसका अध्यक्ष शिवमणी भुर्त्याल लगायत पदाधिकारीहरु र रुसमा रहेका नेपालीहरुबीच पनि भेटघाट गरि छलफल गरेका थिए । अफ्रो–एसियाली जन एकता संगठनले विश्व शान्ति, सार्बभौमिकता, स्वतन्त्रता, युद्ध को विरोध, आणविक हतियार बनाउने काम बन्द गर्नुपर्ने, आणविक भट्टी नस्टको पक्षमा आवाज उठाउने, र विश्व भाईचारा बिस्तार गर्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ । सो संस्थामा एसियाली र अफ्रिकी मुलुकहरु आवद्ध छन् ।

Featured