देश

जनकपुर सागमा कुस्ती सुरु, उद्घाटनमा भव्य सांस्कृतिक कार्यक्रम

जनकपुर, मंसिर २०–जनकपुरधाममा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती खेल आज शुक्रबारदेखि सुरु भएको छ । आजदेखि २३ मंसिरसम्म हुने कुस्ती खेलको उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा भएको सो कार्यक्रममा मिथिला नाट्य कला परिषदले दुईवटा नृत्य र नेपाली सेनाले दुईवटा नृत्य प्रस्तुत र्गयो ।

यस पटकको सागअन्तर्गत कुस्ती खेलमा माल्दिभ्स र भुटानले भाग लिएका छैनन् । नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान सहभागी यस खेलमा पाकिस्तानबाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) ले भाग लिइरहेका छन् ।

भिडन्तमा कोको छन् नेपाली कुस्तवाज ?
नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् । चुनारा महेन्द्रनगरबाट आएका हुन् भने अन्य सबै खेलाडी प्रदेश २ कै हुन् । महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशीला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्री रहेका छन् ।

Featured