देश

ज्येष्ठ नागरिकको अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध

विराटनगर, मंसिर २०–उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ज्येष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । उनले ज्येष्ठ नागरिकको हक अधिकारलाई समेटेर विधेयक ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउँदै ज्येष्ठ नागरिकको हक अधिकार सुरक्षित हुने बताएकी हुन् ।

उनले घरका ज्येष्ठ नागरिकलाई खुशीका राख्नु नै छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका भएकाले सोहीअनुरुपको भूमिका निर्वाह गर्न आग्रह गरिन् । उनले ज्येष्ठ नागरिक तथा अपांग भेटघाट चौतारी बुद्धशान्ति–१ झापाले शुक्रबारबाट सुरु गरेको ब्रम्हाण्ड महापुराण तथा ज्येष्ठ स्तम्भ अनावरण कार्यक्रममा त्यस्तो भनाइ राखेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानले नै ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको जानकारी गराउँदै त्यसलाई थप व्यवस्थित बनाउन ऐन नियम निर्माण भइरहेको जानकारी गराइन् ।

Featured