देश

सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु

धनगढी, मंसिर २०–सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबारदेखि सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरका वित्त विज्ञ, बैंक तथा वित्तीय संघ संस्थाका सीईओ, सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधि गरी ४ सयभन्दा बढीको सहभागिता छ ।

Featured