देश

वन्यजन्तुको क्षति रोक्न पर्खालसहितको मेस जाली

कावासोती, मंसिर २०–सधैंजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति र्पुयाउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका– ७ को झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति र्पुयाउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै ७ वडामा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही रकममध्येबाट हाल ५ करोड ५० लाख रुपैयाँबराबरको काम सञ्चालन भइरहेको नगर प्रमुख पुनले बताए । ३ फिट अग्लो पर्खाल र पर्खालमाथि थप ३ फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ ।

नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । स्थानीयवासीले लगाएको बाली मात्र नभई आफ्नै ज्यानसमेत जोखिममा रहेको गुनासो गर्दै आएका कारण नगरपालिकाले विशेष पहल गरी वन्यजन्तुको क्षति रोक्न लागिपरेको नगर प्रमुख पुनको भनाइ छ । यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनले समेत झण्डै ५ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेस जाली निर्माण गरेका छन् । चालू आर्थिक वर्षसम्ममा करीब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख प्रेमशङ्कर मर्द्िनया थारूले बताए ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाँघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको हो । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैंडा, बाघले वर्षे्नि ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति र्पुयाउँदै आएका छन् । रासस

Featured