देश

गाडी तोडफोडप्रति पाँचखपन नगरपालिकाको भर्त्सना

संखुवासभा, मंसिर २०–संखुवासभाको पाँचखपन नगरपालिकाले कार्यालयको को १ झ ५४० नम्बरको गाडी तोडफोड गरेको घटनाप्रति नगरपालिकाले भर्त्सना गरेको छ । नगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गरी सो घटनाको भर्त्सना गरेको हो । बुधबार पाँचखपन नगरपालिकाको वाना बजारबाट खाँदबारी आउँदै गरेको गाडी खेकुवा खोलामा आइपुगेपछि अज्ञात समूहले चालकलाई नियन्त्रणमा लिएका थिए ।

चालकलाई नियन्त्रणमा लिएर खाँदबारी आउनुको सट्टा उनीहरूले अन्यत्रै लैजान खोजेको बताइएको छ । नियन्त्रणपछि दुई जना अपरिचित व्यक्तिले पाँचखपन–३ को माक्सुवा भन्ने ठाउँसम्म पुगेपछि गाडीको चाबी र चालकको मोबाइल फोनसमेत नियन्त्रणमा लिएका थिए । बुधबार दिउँसो ११ः४५ बजे पाँचखपन नगरपालिकाको स्कोर्पियो गाडी पाँचखपन–३, माक्सुवामा आइपुगेपछि तोडफोड भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले चालक सुजन थापालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको संखुवासभाका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए ।

Featured