देश शिक्षा

मनमोहन पोलिटेक्निकको सम्पत्ति तथा दायीत्व हस्तान्तरण

विराटनगर, मंसिर २०–मोरङको बुढीगंगा गाँउपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटको चल–अचल सम्पति प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । पोलिटेक्निक प्राविधिक विश्वविद्यालय भएसँगै प्रदेश सरकारलाई सम्पत्ति तथा दायीत्व शुक्रबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । मनमोहन स्मृति प्रतिष्ठान मातहत रहृको पोलिटेक्निकको २ अर्ब बढीको सम्पति तथा दायीत्व विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । बुढी गंगा गाँउपालिका–४ स्थित पोलिटेक्निक परिसरमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पोलिटेक्निका अध्यक्ष समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मनमोहन प्राविधिक विश्व विद्यालयका सहकुलपति एवम प्रदेश एकका समाजिक विकास मन्त्री जीवन घिमिरेलाई चलअचल सम्पति हस्तान्तरण गरेका हुन् । यसअघि पोलिटेक्नीका अध्यक्ष पोखरेल र विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री एवम उपकुलपति घिमिरेले सम्पति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

सो पोलिटेक्निकको स्वामित्वमा रहेको २० बिग्घा जग्गा र ३१ वटा भवन समेतको २ अर्ब १ करोड बढीको सम्पति प्राबिधिक विश्व विद्यालयलाई हस्तान्तरण गरिएको थियो । सो क्रममा बोल्नुहुँदै सामाजिक विकास मन्त्री घिमिरेले प्रतिकुलताकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक पास गरेर मात्र मुर्तरुप दिन सकिएको स्मरण गरे ।‘विधेयक पास कसरी भयो, तपाईहरु सवैलाई थाहानै छ ।’ उनले भने,‘विश्वविद्यालयका रुपमा ल्याउन थुप्रै समस्याहरु आइलागे पनि गरेपछी भएरै छाड्यो ।’

यस्तै मनमोहम स्मृति प्रतिष्ठान र पोलिटेक्निका अध्यक्ष तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मनमोहन पोलिटेक्निकले विगतदेखीनै शिक्षा र प्राबिधिक अध्ययनक्षेत्रमा बिशिष्ट भुमिका खेलकै कारण तीनपटकसम्म राष्ट्रिय सम्मान हासिल गर्न सफल भएको बताए । ‘विश्वविद्यालय यति चाँडै बन्ने विषय होइन । पूर्वाधारहरु पनि भइरहेका कारण चाँडै सम्भव भयो ।’ नले भने,‘आगामी दिनमा प्राबिधिक विश्वविद्यालयमा रुपान्तरण भएको सो संस्थाले उल्लेख्य सफलता हासिल गर्नेमा विश्वस्त छु । सरकारको सबै प्रदेशमा कम्तिमा १÷१ वटा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना अनुरुपम यसलाई विश्वविद्यालयमा रुपान्तरण गरिएको हो ।

कार्यक्रममा विश्वविद्यालयका कुलपती समेत रहेका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राइले कुनैपनी विवादमा नअल्मलिकन विश्वविद्यालयका लागि आवश्यक कामहरु प्रदेश सरकारले गरेको बताए । ‘अहिले त सम्पत्ति तथा दायीत्व मात्र हस्तान्तरण भएको हो । अब केही दिन भित्रमै औपचारीक रुपले प्राविधिक विश्वविद्यालय घोषणाको तयारीमा हामी छौँ ।’ उनले भने,‘प्राविधिक शिक्षानै आजको प्रमुख आवश्यकता हो । यहाँबाट प्रदेशका लागि मात्र नभई सिंगो देश र दक्षिण एसियाकै लागि दक्ष जनशक्ति उत्पादन हुन्छन् भन्ने विश्वास मैले लिएको छु ।’ पोलिटेक्निकलाई प्राबिधिक विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक २०७६ असोज ६ गते प्रदेशसभाबाट पारित भएको थियो । असोज १६ गते प्रदेश प्रमुखबाट समेत प्रमाणिकरण भएपछि विधिवतरुपमा सम्पति र दायित्व हस्तान्तरण गरिएको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

Featured