खेलकुद देश

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

पोखरा, मंसिर २०–१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश भिड्ने भएका छन् । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा नेपालमाथि ४१ रनको जित निकाल्दै श्रीलंकाले बंगलादेशसँग फाइनल भेट पक्का गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । तर, नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाउँदा मात्र ७७ रन पूरा बनाउन सक्यो । नेपालकी रुविना क्षत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सीता रानामगर, इन्दु बर्मा र डली भट्ट शून्यमै आउट भए ।

श्रीलंकाकी सचिन निशानसालाले ३ विकेट लिइन् भने सत्थ्य सन्दिपानीले ४ ओभर बलिङ गर्दै २ विकेट हात पारिन् । उनले १ मेडन ओभर राखेर ५ रन मा खर्चिन् । पहिले ब्याटिङ गरेको श्रीलंकाको तर्फबाट लिहिनी अप्सराले सर्वा्धिक ३७ रन बनाइन् भने जनादी अनालीले ३५ रन जोडिन् । नेपालका सरस्वती कुमारी र सोनु खड्काले २र२ विकेट लिए । ३ खेलमा १ जित र २ हार बेहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । अब कास्यका लागि नेपालले शनिवार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Featured