देश

कुमारी बैंकको भवन शिलान्यास

काठमाडौं, मंसिर २०–कुमारी बैंकले काठमाडौंको नक्सालमा आफ्नो भवन शिलान्यासका साथै भूमिपूजा गरेको छ । कुमारी बैंकका अध्यक्ष अमिरप्रताप ज. ब. राणाले वैदिक पूजा गरी भवनको शिलान्यास गरेका हुन् । पूजामा कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्चपदस्थ कर्मचारीहरूसमेतको उपस्थिति थियो ।

विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका १ सय १६ शाखा, १ सय १० एटीएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आइरहेको छ ।

Featured