विदेश

अफगान सेनाको हवाई कारबाहीमा १५ विद्रोहीको मृत्यु

एजेन्सी, मङ्सिर २०–अफगानिस्तानको दक्षिणी प्रान्त कान्दहार र हेलमण्डमा बिहीबार तालिवानी लडाकू लुकेर बसेको इलाकालाई लक्षित गरी अफगान सेनाले गरेको हवाई कारबाहीमा कम्तिमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न कान्दहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका छन् । त्यसैगरी, हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिवान लडाकू मारिएका छन् ।

सो प्रान्तहरूमा सक्रिय रहेका तालिवानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैन । हेलमण्ड र कान्दहार तालिवानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ । तर, हाल सुरक्षाबलले पटक पटक यी लडाकूविरुद्ध गरिएको कारबाहीमा सो प्रान्तका कैयौं भाग सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ ।

Featured