देश

छोराले गरे आमाबाबुको हत्या

बुटवल, मंसिर २०–रुपन्देहीमा छोराले वृद्ध बुबाआमाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका– ४, बालापुरस्थित गोरख यादवले आफ्नै आमाबाबुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवलाई उनले धारिलो हतियार प्रहार गरेका थिए ।

धारिलो हतियार प्रहारपछि बुबा रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आमा थगना यादवको भने उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो । आमाबुवाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ । यादवलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Featured