खेलकुद देश

यी हुन् सबैभन्दा कम उमेरमा नेपाललाई दोहोरो स्वर्ण दिलाउने खेलाडी

काठमाडौं, मंसिर २०–१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको पुरुष एकलतर्फ नेपालका १७ वर्षीय सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । गोकर्णमा सम्पन्न सागको गल्फ विधाअन्तर्गत सुभाषले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २ सय ७४ स्कोरसहित नेपाललाई ३८औं स्वर्ण दिलाएका हुन् ।

योसँगै सुभाष नेपालका लागि सबैभन्दा कम उमेरमा दोहोरो स्वर्ण जित्ने खेलाडी बनेका छन् । उनले बंगलादेशका मोहम्मद फरहादलाई पराजित गरे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर बनाए ।

Featured