खेलकुद देश

माल्दिभ्समाथि नेपाल ८४ रनले विजयी, भोलि बंगलादेशसँग खेल्ने

काठमाडौं, मंसिर २०–१३औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको थियो । जवाफमा माल्दिभ्सले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । माल्दिभ्सका मोहम्मद अजिमले १६ रन बनाए ।

नेपालका सुशन भारी र ललितनारायण राजवंशीले २र२ विकेट हात पारे । यसअघि निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालले १ सय ६३ रन बनाएको थियो । आजको खेल जिते पनि नेपालले स्वर्णको सम्भावना जोगाउन भोलि बंगलादेशलाई पाखा लगाउनुपर्ने छ ।

Featured