देश

विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

विराटनगर, मंसिर २०–सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउदै गर्दा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्धेश्यले मञ्जिना मुभिज क्रियशनको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक सडक महोत्सवको आयोजना हुन लागेको हो ।

विराटनगर महानगरपालिकाको सहयोगमा आगामी माघ १,२ र ३ गते हुने तीनदिने महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय शनिहाटमा आयोजना हुने विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन आफनो तर्फबाट काम गरिरहेको छ र यसलाई सफल बनाउनु हामी सवैको कर्तब्य पनि हो,ताम्राकारले भने,‘ भ्रमण वर्षको समयमा केही सख्यामा भएपनि महोत्सवका माध्यामबाट भारतीय पर्यटक भित्राउन सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

उनले प्रदेश राजधानी विराटनगरमा हुने महोत्वमा प्रदेशका अन्य जिल्लाका आन्तरिक पर्यटकपनि आउने अपेक्षा राखिएको बताए ।सडक महोत्सवमा स्वदेशीवस्तुहरु, स्थानीय उत्पादनदेखि विभिन्न खानाका स्टलहरु तथा अन्य ब्यवसायिक स्टलहरु रहने छन् । महोत्सव अवधिभर सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिने ताम्राकारले जानकारी दिए । सांगितिक तथा सांकृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ भने राष्ट्रियस्तरका कलाकारहरुलाई हरेक दिन उपस्थित गराइने तयारी गरिएको छ ।

सडक महोत्सवलाई ऐतिहासिक बनाउन आयोजना स्थललाई बेहुली झै सिगारिने उनले बताए । १ सय वटा स्टलहरु राखिने तयारी गरिएको सडक महोत्सवका लागि स्टल बुकिङ समेत खुला गरिएको उनले बताए । महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्वीर समेत राखिने आयोजकले जनाएको छ । भारतीय अवलोकनकर्ताहरुले समेत आगमन हुने अपेक्षा राखेका ताम्राकारले महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको बताए । महोत्सव अवधिभरमा करिव १ करोड भन्दा बढीको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।

Featured