खेलकुद विदेश

प्रशिक्षक बिहीन आर्सनल ब्राइटनसँग पराजित, न्युकासल विजयी

एजेन्सी, मंसिर २०–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार खराब प्रदर्शन जारी रहेको छ । गएराति भएको खेलमा प्रशिक्षक बिहीन आर्सनल घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो। इमिरेड्स स्टेडियममा वेब्स्टरले ३६ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औं मिनेटमा लाकाजेटीले आर्सनलका लागि बराबरी गोल गरे । तर ८० औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई जित दिलाएका हुन् ।

उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षकबिहीन रहेको आर्सनल सन् १९७७ यताकै खराब जितबिहीन यात्रामा छ । १९ अंकसहित १० औँ स्थानमा रहेको आर्सनलले सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा जित निकाल्न सकेको छैन । प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको छ ।

Featured