देश

छाउगोठमा महिलाको मृत्यु प्रकरणमा जेठाजु पक्राउ

अछाम, मंसिर २०–छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन् । साँफेबगर–३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो । छाउपडी प्रथालाई कानुनी रुपमै अपराध मानेपछि प्रहरीले पहिलो पटक कानुनी प्रक्रियाको सुरुवात गरेको हो ।

यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो । छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक शाहीले जानकारी दिए । ’मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारेरनपारेको विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ’बाध्य पारेको भए त्यही अनुसार कारबाही हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured