देश

गण्डकी मेडिकल कलेजका ९ विद्यार्थी पक्राउ

पोखरा, मंसिर १९–आजदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका गण्डकी मेडिकल कलेजका ९ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाडाँको नाक प्रहरी चौकीमा लगेको छ। प्रहरी चौकीमा अहिले अन्य विद्यार्थीसमेत पुगेका छन् । एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन् ।

Featured