काठमाडौ, मंसिर १९–१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई ३(० गोल अन्तरले पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको छ । नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले हृयाट्रिक गरिन् । पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा सावित्राले खेलको १६, २० र इन्जुरी समयमा गोल गरेकी थिइन् । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६(० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार पोखरा रंगशालामा भएको खेलमा नेपालले १६औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । इन्जुरी समयमा सावित्रालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फाउनल गरेपछि पाएको पेनाल्टीमा नेपालले सहज जित सुनिश्चित र्गयो । पेनाल्टीमा गोल गर्दै सावित्राले हृयाट्रिक पूरा गरिन् ।
सावित्राको कीर्तिमान
स्ट्राइकर सावित्रा भण्डारी नेपालका लागि सर्वा्धिक अन्तर्रा्ष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । आज माल्दिभ्सविरुद्ध गोल गर्दै उनले ३८औं अन्तर्रा्ष्ट्रिय गोलको कीर्तिमान बनाइन् । यसअघि सो कीर्तिमान अनु लामा (३५ गोल)को नाममा थियो । आजको सेमीफाइनलमा नेपाली टोलीको हौसलाका लागि घरेलु दर्शकको उल्लेख्य उपस्थिति थियो ।
भारतसँग छैठौ भेट
तेस्रोपटक नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजत पदक जितेको थियो ।
यसपटक दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ । महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । हालसम्म भएका पाँच खेलमध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस