देश

२७ पुसदेखि सातौं खिचरा महोत्सव हुने

चितवन, मंसिर १९–‘सातौं खिचरा महोत्सव–२०७६’ पुसको अन्तिम सातादेखि सुरु हुने भएको छ । थारू समुदायको महान् चाड ‘खिचरा’ माघे संक्रान्तिको अवसरमा चितवनमा प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आइरहेको छ । यस वर्ष खिचरा महोत्सव २७ पुसदेखि ८ माघसम्म गर्न लागिएको आयोजक थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए ।

संयोजक चौधरीले महोत्सवलाई सफल बनाउन विभिन्न समितिहरू गठन गरी तयारी सुरु गरिएको बताए । महोत्सव खैरहनी नगरपालिका– ५ गौचरनमा हुनेछ । महोत्सवमा व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारू जातिको सांस्कृतिक घर राखिने आयोजकले जनाएको छ । यस्तै, थारू संस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Featured