देश राजनीति

प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउनुपर्छ :अध्यक्ष थापा

काठमाडौं, मंसिर १९–अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा इन्टरनेशनल डेमोक्रेटिक युनियनको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् । बिहीबारदेखि वासिङ्टन डिसीमा सुरु भएको सम्मेलनमा ५५ देशका राजनीतिक दलका नेताको सहभागिता रहेको छ । सम्मेलनको क्यानाडाका पुर्व प्रधानमन्त्री तथा आइडीयूका अध्यक्ष स्टेफेन हार्परले गरेका थिए ।

सम्मेलनमा राप्रपाका अध्यक्ष थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनुका साथै परम्परागत मूल्य मान्यता र संस्कृतिको सम्वद्र्धधनका बहुआयामिक पक्षमासमेत विचार विमर्श हुनेछ । बिहीबार वाशिंगटन डिसीमा आइडीयूका अध्यक्ष तथा क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर र थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ ।

Featured