देश

कपास उद्योगमा आगलागी हुँदा १० लाख क्षति

दमौली, मंसिर १९–तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित मनकामना कपास उद्योगमा आज आगलागी हुँदा १० लाख रुपैयाँबराबरको क्षति भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले बताए । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।

Featured