देश

डडेल्धुरामा वृद्धको कंकाल फेला

डडेल्धुरा, मंसिर १९–डडेल्धुरामा एक जना वृद्धको कंकाल फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका– १२, जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा बिहीबार कंकाल फेला परेको प्रहरीले जनाएको छ । कंकाल आलिताल गाउँपालिका– ४, मेलगाँजाका ७२ वर्षीय उदय कामीको रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

बिहीबार दिउँसो उनको कंकाल घाँस काट्ने महिलाहरूले फेला पारेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लले बताए । डोटीको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी २० दिनदेखि हराइरहेका थिए । उनी विगत १ वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको बताइएको छ ।

Featured