देश

१० दिनको बसाइपछि प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं, मंसिर १९–प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचाररत ओलीको स्वास्थ्यमा सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको हो । प्रधानमन्त्री चिकित्सकको निगरानीमा बालुवाटरमै आराम गर्नेछन् । गत १० मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

१६ मंसिरमा ओलीले अस्पतालबाटै भिडियो सन्देश दिँदै आफ्नो स्वास्थ्यमा सुधार भएकोे बताएका थिए । पेटमा समस्या भएपछि १० मंसिरमा प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो । यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी थिइन् ।

Featured