विदेश

मध्यपूर्वमा अमिरिकी सेना पठाउन लागेको होइन :पेन्टागन

एजेन्सी, मंसिर १९–अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तमिा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ । सो समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ । इरानविरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो । पेन्टागनका प्रवक्ता अलिसा फराहले सो समाचारको खण्डन गरेका छन् । उनले सो समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताए ।

अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो । सो समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो । ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउनेबारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो ।

Featured