देश

सामोआमा दादुराबाट ६२ जनाको मृत्यु

एजेन्सी, मंसिर १९–सामोआ सरकारले बिहीबार दादुराको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ । सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २ सय १७ दादुराको संक्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको संक्रमण भएको जनाइएको छ ।

हाल मात्र पनि यस रोगबाट संक्रमण १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कुलहरू बन्द गर्नुका साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ । खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ ।

Featured