विदेश

पोल्याण्डमा ग्यास विस्फोट, चार जनाको मृत्यु

एजेन्सी, मङ्सिर १९–पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएको ग्यास विस्फोटमा परी चार जनाको मृत्यु भएको छ । सो विस्फोटनका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ ।

विस्फोटनपछि करिब १ सय अग्निनियन्त्रकहरू बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको सो घरमा आठ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ ।

Featured