देश

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

काठमाडौं, मंसिर १९–प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी केही समयअघि अस्पताल आइपुगेकी हुन् । एपेन्डिसाइटिस भएपछि उपचारका लागि गत मंगलबार सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने बताइएको छ । प्रधानमन्त्री ओली दिउँसो ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

डिस्चार्ज हुनअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी हुन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार नै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Featured