देश

सेञ्चुरी बैंकको वित्तीय साक्षरता अभियान

दोलखा, मंसिर १९–सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससंगको समन्वयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी पनि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको बताएको छ ।

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ कर्जा, व्यापार विस्तार, बैंकिङ प्रणाली, लेखा तथा करसम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा ११४ जनाभन्दा बढीको सहभागी रहेको बैंकले जनाएको छ । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको छ ।

Featured