खेलकुद देश

लक्ष्मी मगरले जितिन् साइक्लिङमा स्वर्ण, नेपालको स्वर्ण संख्या ३१ पुग्यो

काठमाडौं, मंसिर १९–क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छन् । यो सहित जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ३१ पुगेको छ ।

मगरले ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने निर्धा्रित दुरी १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरिन् । सोही स्पर्धामा रजत प्राप्त गरेकी नेपालकै उषा खनालले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा सो दुरी पार गरेकी थिइन् । भारतकी प्रनिता प्रफुलले कास्य पदक जितिन् । उनलाई सो दुरी पार गर्न १ घण्टा ३६ मिनेट २९ सेकेण्ड लगेको थियो ।

Featured