देश

बगरमा भेटियो गैंडाको खाग

चितवन, मंसिर १९–चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा बिहीबार बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैंडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताए ।

सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिए । दुई साताअघि एउटा गैंडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएकोले त्यही गैंडाको खाग हुनसक्ने अनुमान गरिएको बताए । बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो ।

Featured