देश

जोमसोममा ६१ वर्षीया भारतीय नागरिकको मृत्यु

मुस्ताङ, मंसिर १९–बुधबार मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अनुसार मृत्यु अहुनेमा भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको रहेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो। अत्यधिक उचाइका कारण उनको मृत्यु भएको जनाइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Featured