देश

आजको मौसमः काठमाडौं उपत्यकासहित देशभर बढ्यो चिसो

काठमाडौ, मंसिर १९–काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहानको तापक्रम ५.५ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ । चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् ।

हाल देशको पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहको छ ।हाल देशको पश्चिमी भू(भाग तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहको छ ।

यस्तो छ तीन दिनको मौसम
मंसीर १९ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमी भू(भाग तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

राती: देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

मंसीर २० गते (शुक्रबार)
दिउँसो:देशको मध्य र पूर्वी भू(भाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ ।

मंसीर २१ गते (शनिबार)
दिउँसो:देशको मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
राती:देशको मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Featured