देश

नारायणगढको ब्यस्त चोकहरुमा ट्राफिक लाईट राख्ने बिषयमा पुन छलफल हुदै

साउन ०४ चितवन। नारायणी नदीको छेउमा रहेको व्यस्त नारायणगढ व्यावसायिक हिसाबले प्रमुख बजार मानिन्छ ।नारायणगढको ब्यस्त चोकहरुमा ट्राफिक लाईट राख्ने बिषयमा पुन छलफल सुरु हुन थालेको छ । भरतपुर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवन र अन्य संघसस्थाहरुले नारायणगढका ब्यस्त चोकहरु पुल्चोक,सहिदचोक र चौबिसकोठीमा ट्राफिक लाईट राख्न सक्नेमा छलफल गर्न थालेको बताइएको छ ।
यसअघि पनि सहिदचोकमा ट्राफिक लाईट जडान गरिसकेको भएपनि विविध कारण देखाउदै पछि निकालिएको थियो ।करीब रु २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो भने अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने बताइएको थियो । तर महानगरले यसमा चासो नदेखाएको बताउदै सो कम्पनीले जडान गरेको लाईट समेत खोलेर लगेको थियो । अब पुन भरतपुरका मुख्य ३ स्थानमा ट्राफिक लाईट राख्ने छलफल हुन थालेको बिशेष श्रोतले रुसनेपाल अन्लाइनलाइ बताएको छ ।

Featured