खेलकुद देश

उसुमा नीमा घर्तीले जितिन् स्वर्ण पदक

काठमाडौं, मंसिर १९–१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुतर्फ नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमाले स्वर्ण जितेसँगै नेपालको पदकको संख्या ३० पुगेको छ । नीमाले स्वर्ण जित्दा बंगलादेशले यो स्पर्धामा रजत र श्रीलंकाका खेलाडीले कास्य पदक हात पारेका हुन् ।

सागमा नीमाले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् । सागअन्तर्गत बिहीबार बिहान उसुको प्रतिस्पर्धामा नेपालले दुई रजत पदक जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन् । यसैगरी उसुको ताइती छ्वाङमा नेपालकी मीनाले घलानले रजत पदक जितेकी छन् ।

Featured