खेलकुद देश

टि–ट्वान्टी क्रिकेटमा नेपालको सर्वाधिक रनः ज्ञानेन्द्रको शतक, पारसको अर्धशतक

काठमाडौं, मंसिर १९–नेपाली क्रिकेट टीमले अन्तराष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा सर्वा्धिक रन बनाएको छ । भुटान विरुद्ध पहिले व्याटिङ गरेको नेपाली टोलीले २३६ रन बनाएको हो । नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका छन् । मल्लको टि–ट्वान्टीमा पहिलो शतक हो ।

१३औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा कप्तान मल्लले ५२ बलमा सतक हाने । मल्लले ५ चौका र ९ छक्का प्रहार गरे । उनी १०७ रन हानेर आउट भए । यसअघि पूर्वकप्तान पारस खड्काले टी–ट्वान्टीमा सतक प्रहार गरेका थिए । कप्तान मल्लको शतकको मद्दतले नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ ।

निर्धा्रित २० ओभरमा नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन प्रहार गरे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान मल्ल आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे । जितका लागि भुटानले २३७ रन बनाउनु पर्नेछ ।

Featured