देश

माछापुच्छ्रे बैंकको ऋण पत्र ‘नेपाल स्टक एक्सचेन्ज’मा सूचीकृत

काठमाडौं, मंसिर १९–माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋण पत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५५ व्याजदरसहित प्रति ऋणपत्र १ हजार रुपैयाँ कायम भएका उक्त ऋण पत्र बुधबार १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । ऋण पत्र सूचीकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।

सूचीकरणपछि १० वर्षमा साँवा फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्पmत् दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने बताइएको छ । माछापुच्छ्रे बैंकका देशभर १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटिएममार्फत ग्राहकलाई सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ ।

Featured