देश

ग्लोबल आइएमइ र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द

काठमाडौं, मंसिर १९–ग्लोबल आइएमइ र जनता बैंकले ३० घण्टाका लागि सेवा बन्द गरेका छन् । २० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका दुवै बैंकले बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्मका लागि सेवा बन्द गरेका हुन् । शुक्रबार दुवै बैंकले एकीकृत कारोबार सुरू गर्नेछन् ।

सेवा ठप्प भएको अवधिभर दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुनेछ । २० गते हुने एकीकृत कारोबारका लागि सिस्टम तथा डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको दुवै बैंकले सूचना जारी गरी ग्राहकलाई जानकारी गराएका छन् ।

Featured