विदेश

अमेरिकी नेवीको पर्ल हार्बर बेसमा गोलाबारी

एजेन्सी, मंसिर १९–अमेरिकी नौसेनाको पर्ल हार्बर शिपयार्डमा बुधबार गोलाबारी भएको छ । दिउसो साढे २ बजेतिर एक बन्दुकधारीले गोली चलाएका थिए । खबरअनुसार सुरक्षा अधिकारीले उक्त अपरिचित बन्दुकधारीसँग डटेर सामना गरेका थिए । सुरक्षा स्थिति हेर्दै तत्काल शिपयार्ड नै बन्द गरिएको छ । रसिया टुडेका अनुसार अहिलेसम्म घटनामा के कति क्षति भयो भन्ने विवरण आएको छ ।

पर्ल हार्बर र हिकमको ज्वाइन्छ वेसले ट्वी गर्दै भनेका छन्, ‘सुरक्षाबलले पर्ल हार्बरको नेवल शिपयार्डमा भएको गोलाबारीमा जवाफ दिएका छन् । यषे घटना बुधबार करिब साढे दुई बजेतिर भएको हो ।’ सुरक्षालाई मध्यनजर गर्दै शिपयार्डका सबै गेट बन्द गरिएका छन् ।

Featured