खेलकुद देश

एभर्टनमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा कायम

एजेन्सी, मंसिर १९–लिभरपुलले यो सिजन इंग्लिस प्रिमियर लिगको उपाधिको होडलाई बलियो बनाएको छ । लिग अन्तर्गत गएराति एभर्टनमाथि ५–२ को जित निकाल्दै लिभरपुलले उपाधिको सम्भावना बलियो बनाउँदै लगेको हो । लिगमा १५ औं चरणका खेल सकिदा लिभरपुलले २ अंक मात्रै गुमाएको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा चार गोल गरेर दुई गोल खाएको लिभरपुलले दोस्रो हाफमा एक गोल थपेको हो ।

लिभरपुलका लागि डिभोक ओरेगीले ६ र ३१ औं मिनेटमा, जर्दान शाकीरीले १७ औं र सादियो मानेले ४५ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ९० औं मिनेटमा विजनालडमले गोल गरेपछि ५–२ को जित निकाल्यो । जितपछि शीर्ष स्थानको लिभरपुलका १५ खेलबाट ४३ अंक भएको छ । उसले दोस्रो स्थानमा आएको लेस्टर सिटीसँगको अंक दूरी ८ कायम गरेको छ । पराजित भएको एभर्टन १५ खेलबाट १४ अंकसहित रेलिगेशन जोनमा छ ।

Featured