देश

बालुवाभित्र सीमा स्तम्भ

महेन्द्रनगर, मंसिर १९–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको बालुवाभित्र छन् । ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ । उत्तरतर्फका १० वटा सीमा स्तम्भ बालुवाभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपीले जानकारी दिएको छ । सो क्षेत्रमा ३ वटा मुख्यसहित ७ वटा सहायक गरी १० सीमा स्तम्भ छन् ।

‘हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन र सहायक सातवटा सीमा स्तम्भ महाकाली नदीभित्र छन्,’ बीओपी ब्रम्हदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनाललेृ भने, ‘ब्रह्महदेवको माथिल्लो भागदेखि भीमदत्त नगरपालिका–१ज्ञ भुजेलासम्म पाँचवटा मुख्य सीमा स्तम्भ छैनन् ।’

ब्रह्मदेवदेखि माथि उत्तरतर्फ मुख्य सीमा स्तम्भ ८१४, ८५ र ८१६ बालुवाभित्र द्धन् । ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमा स्तम्भ ८११ हराउँदा पटक–पटक विवाद हुने गरेको छ । सीमा स्तम्भ महाकाली नदीको तटभन्दा पर(टनकपुर क्षेत्र)मा पर्छ । तर भारतीय पक्षले भने स्तम्भ नेपालतर्फकै भूभागमा भएको दावी गर्दै आएको छ ।

सीमा स्तम्भ मर्मतमा दुवै देशले वेवास्ता गर्दा पुरिने अवस्थामा छ । ०७० सालमा महाकाली नदीमा आएको बाढीले स्तम्भ ढालेको स्थानीय मनोज लावडले बताए । ‘पिलर ढलेको ४ वर्ष भयो, मर्मत भएको छैन,’ उनले भने, ‘पिलर बालुवामा पुरिएपछि भारतले नेपाली भूभाग पनि आफ्नो भएको दावी गर्न बेर लाउँदैन ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured