देश विदेश

मनमोहन स्मृती पोलिटेक्निक : विश्वविद्यालय भएपछी प्रदेश सरकारलाई हस्तान्तरण गरिँदै

विराटनगर, मंसिर १८–मोरङको बुडीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृत पोलिटेक्निक इन्स्टीच्युटले आफ्नो स्वामित्वमा रहेको सम्पती तथा दायीत्व प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । पोलिटेक्निक विश्वविद्यालय भएसँगै प्रदेश सरकारलाई सम्पत्ति तथा दायीत्व हस्तान्तण गर्न लागिएको हो । मनमोहन प्राविधिक विश्वविद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन स्मृति पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने ब्यवस्था भए अनुसार हस्तान्तरण गर्न लागिएको मनमोहन स्मृती प्रतिष्ठानका सदस्य तथा सुचना प्रमृुख सत्यनारायण चौधरीले जानकारी दिए ।

उनले प्रदेशसभाबाट पारित भएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्वन्धी ब्यवस्थागर्न बनेको ऐनले पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पती तथा स्वामित्व हस्तान्तरण गर्ने कानुनी व्यवस्थालाई कार्यान्वायन गर्न लागिएको बताए ।

आगामी मंसिर २० गते शुक्रबार मनमोहन स्मृती पोलिटेक्निक इन्स्टीच्युटको सभाहलमा साढे १ बजे मुख्य मन्त्री शेरधन राईको अध्यक्षता र संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रमकाबीच सम्पती तथा दायित्व हस्तान्तरण हुन लागेको चौधरीले बताए ।

मनमोहन पोलिटेक्निक विश्वविद्यालय भएसँगै अब प्राविधिक संकायका सबै पा्रविधिक विषयहरुको अध्यापन हुनेछ । यय अघि पोलिटेक्निक सिटिईभिटीको सम्बन्धनबाट संचालित थियो । संचालित शैक्षिक कार्यक्रमहरु मध्ये विश्वविद्यालय भएपछि अधिकांस प्राविधिक बिषयहरु शुरु हुने पोलिटेक्निकका प्राचार्य डा. सुभाषश्री पोखरेलले जानकारी दिए ।

Featured