विदेश

इरानद्वारा ब्रिटिस पानी जहाज कब्जा

काठमाडौं, साउन ४-ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको आरोपमा इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ।

इरानी रिभोलुस्नर गार्ड(आइआरजिसी) र अमेरिकी अधिकारीका अनुसार उक्त पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको ठहर गरेको छ।

सीएनएनमा उल्लेखित समाचार अनुसार स्ट्रेट आफ हर्मुजमा वातावरणीय अनुगमन गरिरहेको एमइएसडिएआर जहाजलाई इरानी अधिकारीको निगरानीमा काम गर्न दिइएको छ। अमेरिकी सेनाले जहाज कब्जा लिनु नियोजित भएको बताएको छ।

इरानियन जलक्षेत्रमा रहेका पहिलो ट्याङ्कर आइआरजिसी नियन्त्रणमा लिएको आधाघण्टाअघि दोस्रो पानीजहाज रोएिको थियो। ती दुवै जहाजमा कुनै पनि ब्रिटिस नागरिक नभएको पनि जनाइएको छ ।

अमेरिकाले उक्त घटनालाई लिएर इरानले आफ्नो व्यबहार सच्याउनुपर्ने दाबी गरेका छन्। “मैले इरानका बारेमा के भनिरहेको छु भन्ने कुरा यसले देखाइरहेको छ, समस्या, केही होइन तर समस्या छ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले भनेका छन्, “इरानका सम्बन्धमा म सही छु भन्ने यसबाट प्रष्ट भएको छ।”

बेलायतका विदेशी सचिव जेरेमी हन्टले भनेका छन्, “यो कब्जा अस्वीकार्य छ, नाविकको स्वातन्त्रतालाई सम्मान गर्नुपर्छ, उक्त क्षेत्रमा जहाजहरु सुरक्षित र स्वतन्त्रमा चल्न पाउनुपर्छ।” त्यसैगरी ब्रिटिस च्याम्बर अफ सिपिङले सो घटनाको भत्र्सना गरेको छ।

यस क्षेत्रमा तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले बिहीबार अमेरिकी नौसेनाको जहाजको एक हजार यार्ड नजिक आएको इरानी ड्रोनलाई ध्वस्त पारेको थियो। ड्रोनले जहाज र जहाजका चालकमाथि सुरक्षा चेतावनी भएकाले त्यसलाई तत्काललै विद्युतीय ‘जामिङ’ द्वाराध्वस्त पारिएको राष्ट्रपतिले उल्लेख गरेका थिए।

Featured