विदेश

बुर्किना फासोमा सुरक्षा कारबाहीमा २० आतंककारी मारिए

काठमाडौं, मंसिर १८–अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतंकवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । मंगलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा १८ व्यक्तिको मृत्यु हुनुको साथै कैयौं घाइते भएका थिए । दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसमा २०० सशस्त्र सैनिक रहेका जनाइएको छ । आतंककारी आक्रमणको कारण हजारौं व्यक्ति विस्थापित भएका छन् । (रासस)

Featured