विदेश

अफगानिस्तानमा सहायता एजेन्सीका ५ जनाको हत्या

एजेन्सी, मंसिर १८–अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका ५ जना कर्मचारीको गोली हानी हत्या गरिएको छ । सो हत्याकाण्डमा परी एकजना अन्तर्रा्ष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोलीaकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ ।

अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । सो शहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए । जलालावाद शहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएको सो प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार सो सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिहरुले गोली हानेका थिए ।

त्यस हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले जानकारी दिए । अफगानिस्तानमा कृषि र सिंचाइका क्षेत्रमा काम गरिरहेको संस्था पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि हमला भएको हो । सो संस्था अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाको सहायतामा अफगानिस्तानमा सञ्चालनमा रहेको छ । सो संस्थाका निर्देशक गोली लागेर घाइते भएका छन् । मङ्गलबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलबाट केही पूर्वतर्फ रहेको क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले गोली हानी गुप्तचर निकायका २ अधिकारीको हत्या गरेका थिए ।

Featured