देश

निलम्बित डिएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं, मंसिर १८–प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । तर। अनुमति दिएको तीन दिन बितिसक्दापनि प्रहरीले ढुंगेललाई भने पक्राउ गरेको छैन ।

गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसनधानको घेरामा थिए । उनलाई २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेको छ।

Featured