खेलकुद देश

तेक्वान्दोमा संगिताले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १८–काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगि (साग) को स्वर्ण तालिकामा अग्रस्थानमा रहेको नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक थपेको छ । महिलातर्फको ६२ केजीमुनिको समूहमा नेपालकी संगीता बस्यालले स्वर्ण जितेकी हुन् ।

उनले भारतकी गगजोत गीललाई १९–८ अंकको अन्तरले हराउँदै नेपालका लागि स्वर्ण जितेकी हुन् । संगीताले दिलाएको स्वर्णसँगै नेपालका लागि तेक्वान्दोमा १० स्वर्ण पदक प्राप्त भएको छ । आयोजक राष्ट्र नेपालले योसहित अहिलेसम्म जम्मा २८ स्वर्ण पदक जितेको छ ।

Featured