विदेश

पूर्वी इन्डोनेसियामा भूकम्प

एजेन्सी, मंसिर १८–इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले सो भूकम्पको केन्द्रविन्दु मालुकुबाट १ सय ८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १ सय ९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो १ बजे गएको सो भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन । इन्डोनेसियामा बर्से्नि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ ।

Featured