देश

निर्वाचन समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं, मंसिर १८–१४ मंसिरमा सम्पन्न उप निर्वाचनको समीक्षा गर्न कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ । निर्वाचनमा तुलनात्मक रुपमा सफलता प्राप्त गरेको प्रारम्भिक निष्कर्ष निकालेको कांग्रेसले विस्तृत समीक्षाका लागि आगामी २६ मंसिरमा बैठक डाकेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार २६ मंसिरमा बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचनको समीक्षा गर्नेछ । उनका अनुसार भद्रगोल अवस्थामा पुगेका भातृ संस्थाको गठनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

Featured